‘असल सहकारीलाई प्रोत्साहन गरौँ’

काठमाडाैं । सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा मंगलबार आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्ने बचन दिएका हुन् ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यसप्रतिको विश्वास र भरोसालाई कायम राख्न सहकारीका सिद्धान्त र आदर्शलाई परिपालना गर्न आवश्यक रहेको बताए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले गलत काम गर्ने सहकारीलाई दुरुत्साहन गर्न सबै सरोकारवालाको साझा दृष्टिकोण हुनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सबै सहकारीले सहकारिताको मूल मर्मअनुरुप काम गर्नुपर्ने र सरकारीमा अनुशासनहीनता स्वीकार्य नहुने धारणा राखे ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सञ्चालकले बिना धितो बिना ब्याज आफैँलाई ऋण दिने कार्य सहकारीको मान्यताविपरीत रहेको बताए । मन्त्रालयका सहसचिव निराजन घिमिरेले अहिले केही सहकारीमा भित्रिएको विकृति हटाउन कार्ययोजना बनाई लागू गरिने बताए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया