फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

सुवा । फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।
फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्रीले भने, ‘हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।’ फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिकरूपमा बताएको हो ।
सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम लिने लगायतका विषयहरू सामावेश थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउँन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइँमा पुगेको थियो ।
फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि अष्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।
ताजा अपडेट
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
प्रतिक्रिया