देशभरका सबै सरकारी वेबसाइट डाउन

काठमाडौं । देशभरका सबै सरकारी वेबसाइट एकसाथ अवरुद्ध बनेका छन् । ‘जीओभी डट एनपी’ डोमेनमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट डाउन भएका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले शनिबार बिहानबाट सर्भरमा समस्या आएको र दिउँसोदेखि डाउन भएको जनाएको छ ।
सर्भर डाउन हुँदा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा करिब एक घण्टादेखि अवरुद्ध बनेको छ ।
राष्ट्रिय सूचना केन्द्रले सर्भरमा ह्याक हुँदा सरकारी बेवसाइटमा समस्या आएको जनाएको छ । केन्द्रका अनुसार यसलाई समाधान गर्न प्राविधिक टोली खटिएका छन् । प्राविधिक समूहले काम गरिरहेका अबको केहीबेरमा समस्या समाधान हुने केन्द्रले विश्वास लिएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया