राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनः चयन भएका छन् ।
नागरिकता सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालतको फैसलासँगै उनी सभापति पदबाट मुक्त भएका थिए । उनी पदपुक्त भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको पद दिइएको थियो ।
उनलाई आजै पार्टीको केन्द्रीय समितिको बैठकले सभापति चयन गरेको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तको प्रक्रियामा नगएका कारण सर्वोच्चले उनलाई पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पदबाट मुक्त गराएको थियो ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया