‘पिर’लाई लिएर माओवादीलाई मात्र गाली गर्नु उचित होइन : दीपकराज गिरी
काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर माओवादीलाई मात्र एकोहोरो गाली गर्नु उचित नभएको बताएका छन् ।
पिरमा देखाइएकोजस्तो प्रवित्ति नेपालका प्रायः सबै पार्टीमा रहेको उनको भनाइ छ ।
‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई , समूह बनाएरै सराप्न थालेको पनि देखेँ । कुन चाहिँ पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरि बिजोक छैन ?, उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकवागर्न सक्छ ?’
माओवादीकै विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाई गर्ने प्रवित्ति ठीक नभएको कलाकार गिरीले स्पष्ट पारेका छन् ।
गीत आफूलाई असाध्यै राम्रो लागेको र मन नै छोएको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘यद्यपि, बन्द गर्न दबाव दिनु भने गलत नै हो ।’
ताजा अपडेट
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण
-
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
-
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड
-
ब्रिटिस काउन्सिलको ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ का लागि आवेदन आव्हान
प्रतिक्रिया