पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाकाे मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।
पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए ।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ ।
विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो । सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया