पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाकाे मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।
पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए ।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ ।
विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो । सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया