पाकिस्तानमा झडप हुँदा पाँचको मृत्यु
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो । झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए । केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन् ।
सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा सम्लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया