प्रक्रियागत त्रुटी गरेको हुँ, यसले कसैलाई असर परेको छैन – रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूले नागरिकता तथा पासपोर्ट प्रकरणमा प्रक्रियागत त्रुटी गरेपनि दुरूपयोग नगरेको बताएका छन् ।
आज बसुन्धारास्थित पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै उनले आफूले नागरिकता पासपोर्टको दुरूपयोग नगरेको बताएका हुन् ।
‘कुनै पनि कामले असर पारेको हुनपर्छ । कसैलाई पिट्दा दुख्छ । यो त्यसले पार्ने असर हो,’ उनले भने, ‘तर मेरो प्रक्रियागत रुपमा भएको त्रुटीले कसैलार्ई असर परेको छैन ।’
अमेरिकी नागरिकता त्यागिसकेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रिया नपुर्याएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको थियो ।
पार्टीको आजको बैठकले सरकारबाट तत्कालका लागि बाहिरिने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया