बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के भयो छलफल ?

काठमाडौं । सत्ता साझेदार दलहरूबीच खटपट आइरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, सरकार सञ्चाल सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको एमालेको दाबी छ ।
सहमतिविपरित पछिल्लो समय प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको अभिव्यक्ति दिन थालेपछि प्रचण्डसँग ओली सशंकित भएका छन् । त्यस्तै रविलाई गृहमन्त्री दिन प्रचण्डले नमानेकाले रास्वपा सरकारबाट बाहिरिएको एमालेको आरोप छ । सत्ता संकट निम्तिनुमा प्रमुख दोषी प्रधानमन्त्री रहेको ओलीले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
सरकार निर्माणअघि भएको सहमति अनुसार रास्वपाले गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि पुनः सोही मन्त्रालय दाबी गरेको थियो ।
प्रधानमन्त्रीले तत्काल रास्वपालाई गृहमन्त्रालय नदिने अडान लिएपछि रास्वपा आइतबार सरकारबाट बाहिरिएको छ । रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री र ओलीबीच यो पहिलो भेट हो । यसअघि प्रधानमन्त्री र ओलीबीच चार पटक भेटवार्ता भइसकेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया