२४ घण्टाभित्र प्रधानमन्त्री र ओलीबीच दोस्रो पटक भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच पछिल्लो समय दैनिक भेटवार्ता हुन थालेको छ ।
मंगलबार प्रधानन्त्रीलाई भेट्न ओली बालुवाटार गएका थिए तर चौबिस घण्टा नबित्दै ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएका छन् ।
राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री र ओलीबीच संशय पैदा भइरहेको, रास्वपा सरकारबाट बाहिरिएको, जसपा र नाउपा सरकारमा सहभागी नभएको अवस्थामा दुई शीर्ष नेताबीचको बालुवाटार र बालकोट ओहोर–दोहोरलाई राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
हिजो भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको थियो । आजपनि सोही विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा ओलीले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको धारणाबारे ओलीले चासो व्यक्त गरेका छन् । सरकार गठनअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएपनि प्रचण्डले विश्वासको मत लिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । निर्वाचन आयोगले फागुन २५ गने राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
प्राइम सहकारीको डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न
प्रतिक्रिया