जनयुद्ध दिवसमा बिदा दिने निर्णय ऐतिहासिक : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलै भए पनि जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन् । फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउन सरकारको निर्णयसँगै यसले वैधानिकता पाएको प्रचण्डको भनाइ छ ।
‘फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउने सरकारको निर्णयसँगै यसले वैधानिकता पाएको छ,’ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने ।
यो निर्णयसँगै जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्रकै सम्पत्ति बन्न पुगेको पनि उनले दाबी गरे ।
फागुन १ मा सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रचण्डले परिवर्तनन ल्याउने प्रमुख ऐतिहासिक आन्दोलनको औचित्य सिद्ध गर्न दिवस मनाउने निर्णय गरिएको स्पष्टीकरण दिए ।
‘परिवर्तन ल्याउने प्रमुख ऐतिहासिक आन्दोलनको औचित्य सिद्ध गर्न पनि दिवस मनाउनुपर्ने खाँचो थियो । त्यसैका लागि यो ऐतिहासिक निर्णय गरिएको हो,’ उनले अगाडि थपे ।
जनयुद्ध आफू नेतृत्वमा भए पनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण परिवर्तनकारी नेपालीको चाहनामा भएकाले यसबाट स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया