एयरबस र बोइङसँग ४७० वटा विमान खरिद गर्दै एयर इन्डिया

एजेन्सी । दुई वर्षअघिमात्रै टाटाको स्वामित्वमा आएको भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले एयरबस र बोइङ कम्पनीसँग ४ सय ७० वटा विमान खरिदका लागि सम्झौता गरेको छ ।
हवाई यात्रामा मध्यम वर्गीयको पहुँच विस्तार भएसँगै एयर इन्डियाले अमेरिकाको बोइङ कम्पनीबाट ३५ अर्ब बराबरको २२० वटा विमान खरिद गर्न लागेको छ । त्यस्तै यूरोपियन कम्पनी एयरबसबाट २५० वटा विमान खरिद गर्न लागेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तामा एयर इन्डियाले गर्न लागेको यो विमान खरिद एतिहासिक भएको बताएका छन् ।
६८ वर्षपछि राष्ट्रिय ध्वजावाहकबाट टाटाकै स्वामित्वमा गएको एयर इन्डियाले आफूलाई विश्वमै उत्कृष्ट वायुसेवा कम्पनीको रूपमा स्थापित गर्न लागि परेको छ।
आगामी पाँच वर्षमा भारतले पूर्वाधार विकासमा ८० वटा नयाँ विमानस्थल निर्माण गर्ने रणनीति लिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया