एयरबस र बोइङसँग ४७० वटा विमान खरिद गर्दै एयर इन्डिया
एजेन्सी । दुई वर्षअघिमात्रै टाटाको स्वामित्वमा आएको भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले एयरबस र बोइङ कम्पनीसँग ४ सय ७० वटा विमान खरिदका लागि सम्झौता गरेको छ ।
हवाई यात्रामा मध्यम वर्गीयको पहुँच विस्तार भएसँगै एयर इन्डियाले अमेरिकाको बोइङ कम्पनीबाट ३५ अर्ब बराबरको २२० वटा विमान खरिद गर्न लागेको छ । त्यस्तै यूरोपियन कम्पनी एयरबसबाट २५० वटा विमान खरिद गर्न लागेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तामा एयर इन्डियाले गर्न लागेको यो विमान खरिद एतिहासिक भएको बताएका छन् ।
६८ वर्षपछि राष्ट्रिय ध्वजावाहकबाट टाटाकै स्वामित्वमा गएको एयर इन्डियाले आफूलाई विश्वमै उत्कृष्ट वायुसेवा कम्पनीको रूपमा स्थापित गर्न लागि परेको छ।
आगामी पाँच वर्षमा भारतले पूर्वाधार विकासमा ८० वटा नयाँ विमानस्थल निर्माण गर्ने रणनीति लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया