मेयर शाहसँग तत्काल जरिवाना नलिन निर्वाचन आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार संवैधानिक इजलासले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा शाहसँग जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।
तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध मेयर शाहले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले आन्तरिम आदेश दिएपछि समयमा जरिवाना नतिर्ने जनप्रतिनिधिहरूलाई राहत मिलेको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया