दुर्गा प्रसाईंले एमाले छोड्ने

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले एमाले त्याग गर्ने भएका छ्न ।
उनले बिहीबार पूर्वराजा ज्ञानेन्द्रसहित सपरिवारको उपस्थितीमा नागरिक बचाउ अभियान सुरू गरेका थिए । यो अभियानसँगै उनलाई पार्टीको स्थायी कमिटीले कारवाही सिफारिस गरेको थियो ।
प्रसाईंले आजै अध्यक्ष केपी ओलीसमक्ष राजीनामा दिने बुझिएको छ ।
नेकपा विभाजन हुनुअघिसम्म प्रधानमन्त्री प्रचण्डसँग रहेका उनी नेकपा फुटेपछि अध्यक्ष ओलीसँग नजिकिएका थिए । अहिले फेरि पूर्वराजा ज्ञानेन्द्रसँग निकट भएका उनको राजनीतिक छवि विवादस्पद रहँदै आएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया