‘पावर सेयरिङ’मा माधवले खोजे आफ्नो भूमिका
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘पावर सेयरिङ’मा आफ्नो भूमिका खोजेका छन् । मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राजनीतिक पद बाँडफाँटमा आफ्नो भूमिका खोजेका हुन् ।
यसैगरी राष्ट्रपतिमा तपाईंको चर्चा छ नि भन्ने विषयमा सोधिएको प्रश्नमा त्यसमा आफूले अहिले केही सोच नबनाएको बताएका छन् ।
‘पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । अरूको निम्ति मात्रै हामी बलिदना हुनुपर्ने र त्यसको फाइदा अरूले मात्र उठाउने हुन सक्दैन’, उनले भने ।
राष्ट्रपतिको विषयमा तत्कालीन सत्ता गठबन्धनसँग आफूले प्रस्ताव गरिसकेको जिकिर गर्दै उनले यसमा कांग्रेस र माओवादी पनि सहमत भएको दाबी गरे ।
त्यस्तै ओलीसँगको भेटबारे प्रसंग कोट्याउँदै उनले आफूसँग कुरा गर्न चाहने सबैसँग कुराकानी भइरहेको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया