४५ ग्राम लागु औषधसहित एक जना पक्राउ
काठमाडौं । कपिलवस्तु महाराजगंजस्थित बहादुरगंज तौलिहवा सडक खण्डको कन्चनिया पुल नजिक ४५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४ चनई बस्ने दुर्गा जैसवाल रहेका छन् । उनलाई सोमबार पक्राउ गरेको प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले जनाएको छ ।
उनीमाथि कपिवस्तु जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक वर्ष ०७९ /०८० मा ४ महिलासहित ५ पुरुष पक्राउ गरी कारबाही गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया