पोल्यान्डकी क्यारोलिना भइन् विश्व सुन्दरी
काठमाडौं । मिस वल्र्ड २०२१ को उपाधि पोल्यान्डकी २२ वर्षीया सुन्दरी क्यारोलिना बेइलावस्काले जितेकी छन् । पुर्टोरिकोमा बिहीबार भएको फाइनल राउन्डमा उनले ७० औं विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । अमेरिकाकी श्री सेनी फर्स्ट रनर अप र पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया एस सेकेन्ड रनरअप भएकी छन् ।
सन् २०१९ की विश्व सुन्दरी जमैकाकी टोनी एन सिंहले क्याराेलिनालाई ताज लगाईदिएकी हुन् । मिस वल्र्ड अर्गनाइजेसनका अनुसार, करोलिनाले हाल व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन् । उनी मोडेल पनि हुन् र मोटिभेसनल स्पिकर बन्ने उसको सपना छ । उनी स्विमिङ, टेनिस र ब्याडमिन्टन खेल्न पनि मन पराउँछिन् ।
मिस वल्र्डको अन्तिम ६ मा अमेरिका, पोल्याण्ड, इन्डोनेसिया, मेक्सिको, उत्तरी आयरल्याण्ड, कोटे डी आइभोर छानिएका थिए । नेपालबाट सहभागी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया