पोल्यान्डकी क्यारोलिना भइन् विश्व सुन्दरी

काठमाडौं । मिस वल्र्ड २०२१ को उपाधि पोल्यान्डकी २२ वर्षीया सुन्दरी क्यारोलिना बेइलावस्काले जितेकी छन् । पुर्टोरिकोमा बिहीबार भएको फाइनल राउन्डमा उनले ७० औं विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । अमेरिकाकी श्री सेनी फर्स्ट रनर अप र पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया एस सेकेन्ड रनरअप भएकी छन् ।
सन् २०१९ की विश्व सुन्दरी जमैकाकी टोनी एन सिंहले क्याराेलिनालाई ताज लगाईदिएकी हुन् । मिस वल्र्ड अर्गनाइजेसनका अनुसार, करोलिनाले हाल व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन् । उनी मोडेल पनि हुन् र मोटिभेसनल स्पिकर बन्ने उसको सपना छ । उनी स्विमिङ, टेनिस र ब्याडमिन्टन खेल्न पनि मन पराउँछिन् ।
मिस वल्र्डको अन्तिम ६ मा अमेरिका, पोल्याण्ड, इन्डोनेसिया, मेक्सिको, उत्तरी आयरल्याण्ड, कोटे डी आइभोर छानिएका थिए । नेपालबाट सहभागी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया