झिनो अंकले नेप्से बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आइतबार नेप्से ४.५५ अंकले उकालो लागेर २०२७.१९ विन्दुमा पुगेको छ ।
आज २६२ स्टकको ५० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ५२ करोड ५० लाख ७१ हजार रूपैयाँको कारोबार भयो ।
आइतबार पाँच उपसमूहबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । आज बैंकिङ ०.८९, जीवन बीमा ०.१४, उत्पादनन ०.३०, म्युचल फण्ड ०.९ र व्यापार १.४० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी लघुवित्तको ३.७८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.८३, वित्त १.४१, होटल तथा पर्यटन २.३४, जलविद्युत ०.७४, लगानी ०.६०, नीर्जीवन ०.३१, अन्य ०.५७ प्रतिशतले बढेको छ ।
आइतबार विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । त्यस्तै ग्रिन डेभलपमेन्टको ७.६०, अभियानको ७.२६, मिरमिरे ६.९६, आरम्भ चैतारीका लगानीकर्ताले ६.९४ प्रतिशतले कमाएका छन् ।
आज सिटिजन म्युचल फण्डका लगानीकर्ताले सर्वाधिक ७.८५ प्रतिशतका दरले गुमाएका छन् । जनउत्थान समुदायिक ५.३६, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड ३.९५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.९४ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन् ।
आइतबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक १० करोड ५८ लाख ७० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एशियाको ७ करोड ८६ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ ।
छिमेकी लघुवित्त ७ करोड १६ लाख ९९ हजार, जीवन विका लघुवित्त ६ करोड ९६ लाख २८ हजार र नेष्ठो समृद्ध लघुवित्त ६ करोड ९५ लाख ७९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया