सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख एक हजार आठ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोही मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर रहेको छ । आज चाँदी सोमबारकै मूल्य एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको हो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया