अँध्यारोमा होइन घाम लागेका बेलामा गठबन्धन भत्काएको हो : महामन्त्री थापा

काठमडौं । कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने जिकिर गरेका छन् । १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए ।
‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ,’ ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’
कार्यक्रममा उनले दुई महिनापछि आफूहरू एक ठाउँमा उभिएका बताउँदै अहिले जे भएको छ राम्रो भएको छ तर्क गरे । तर अबको बाटो सहज छैन उनको ठम्यमाइ थियो ।
ताजा अपडेट
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
प्रतिक्रिया