अँध्यारोमा होइन घाम लागेका बेलामा गठबन्धन भत्काएको हो : महामन्त्री थापा
काठमडौं । कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने जिकिर गरेका छन् । १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए ।
‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ,’ ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’
कार्यक्रममा उनले दुई महिनापछि आफूहरू एक ठाउँमा उभिएका बताउँदै अहिले जे भएको छ राम्रो भएको छ तर्क गरे । तर अबको बाटो सहज छैन उनको ठम्यमाइ थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया