देश विकासका लागि युवालाई सक्रिय बनाइने
इस्लामवाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताएका छन् । उनले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि जानकारी दिए ।
पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उनले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् । सो सन्देशमा उनले सरकारले देशका सबै युवा वर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।
देशको विकासमा युवा बर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट गरे । उनले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।
उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताए ।
ताजा अपडेट
-
बुधबार ललितपुरमा सार्वजनिक बिदा
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
प्रतिक्रिया