नेपाल पे स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतदेखि एकसय रुपैयाँसम्म क्यास ब्याक
काठमाडाैं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नयाँ स्कीम सञ्चालनमा ल्याएको छ । अब हरेक बुधबार नेपाल पे स्क्यान गरी बिल भुक्तानी गर्दा १० प्रतिशतदेखि एक सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त हुने एनसीएचएलले जनाएको छ ।
यो अफर भने केएफसी नेपाल, पिज्जा हट नेपाल र क्रिम बेल आइसक्रिमका ग्राहकहरुको लागि मात्रै मान्य हुने छ । क्यासब्याक रकमै भुक्तानी गरेको ग्राहकको खातामै जम्मा हुने छ ।

एनसीएचएलका अनुसार यो योजना आज (फागुन १७ गतेदेखि लागु भई जेठ १७ गतेसम्म सञ्चालन हुने छ । भुक्तानीको लागि नेपाल पे चल्ने कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएस प्रयोग गर्न सकिने छ ।

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया