नेपाल पे स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतदेखि एकसय रुपैयाँसम्म क्यास ब्याक
काठमाडाैं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नयाँ स्कीम सञ्चालनमा ल्याएको छ । अब हरेक बुधबार नेपाल पे स्क्यान गरी बिल भुक्तानी गर्दा १० प्रतिशतदेखि एक सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त हुने एनसीएचएलले जनाएको छ ।
यो अफर भने केएफसी नेपाल, पिज्जा हट नेपाल र क्रिम बेल आइसक्रिमका ग्राहकहरुको लागि मात्रै मान्य हुने छ । क्यासब्याक रकमै भुक्तानी गरेको ग्राहकको खातामै जम्मा हुने छ ।

एनसीएचएलका अनुसार यो योजना आज (फागुन १७ गतेदेखि लागु भई जेठ १७ गतेसम्म सञ्चालन हुने छ । भुक्तानीको लागि नेपाल पे चल्ने कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएस प्रयोग गर्न सकिने छ ।

ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया