पूर्वप्रधानमन्त्री खनाल र रामचन्द्र पौडेलबीच भेटवर्ता

काठमाडौं । सत्ता गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेट गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा खनाललाई भेट्न पौडेल सोमबार बिहान उनकै निवास डल्लु पुगेका थिए । भेटका क्रममा राष्ट्रपति निर्वाचन, समसामयीक राजनीतिबारे छलफल भएको खनालको सचिवालयले जनाएको छ ।
२५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेलको प्रतिस्पर्धामा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उठेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया