सुनको मूल्य एक हजार रूपैयाँले घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ । मंगलबार एक लाख २ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार हजार रूपैयाँ छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँ घटेर एक हजार २२५ रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया