NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

हार्डवेयर व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । विराटनगरका हार्डवेयर व्यवसायी विनोद झा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विराटनगरको रोडशेष चोकमा मिथिला हार्डवेयर सञ्चालन गर्दै आइरहेका झा आफ्नै घरको पंखाको हुकमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

स्थानीयले खबर गरेपछि घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, झाको श्रीमती र एक छोरी छन् । उनका परिवारका सदस्य काठमाडौं र उनी एक्लै विराटनगरस्थित घरमा बस्दै आएका थिए । उनले एक वर्षदेखि पसलसमेत बन्द गर्दै आएको पाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी केही दिनदेखि घरबाट समेत बाहिर ननिस्कएको पाइएको छ ।