पाकिस्तानमा पोलियोविरुद्धको अभियान
पाकिस्तान । पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका विरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।
सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान सुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।
सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा यहाँका कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताइएको छ ।
त्यसपछि अर्काे अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।
सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन् ।
यसअघि पनि यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया