ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोलि (चैत्र १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै ग्लोबल बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ ।
नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै ग्लोबल एनआरएन एफसिवाइ फिक्स डिपोजिटअन्तर्गत न्युनतम ३.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले कर्पोरेट/मिड कर्पोरेटअन्तर्गत २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म, एसएमइअन्तर्गत न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, रिटेल एण्ड अन्य प्रडक्टहरूमा जस्तै होम लोन, अटो लोन, एजुकेशन लोनलगायतमा ११ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया