कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, के–के छन् एजेण्डा
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तारलगायत सन्दर्भमाझ कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अहिले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषय बैठकको मूल एजेण्डा हुने जनाइएको छ ।
राष्ट्रपति कांग्रेसको भागमा परे पनि उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।
त्यसैगरी, चितवन, तनहुँ र उपराष्ट्रपतिका उम्मेदवार निर्वाचित हुने क्षेत्रमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । यी क्षेत्रमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार, रणनीतिलगायत विषयमा पनि आजको बैठकमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया