विप्लवको चेतावनी : जनयुद्धलाई अपराधीकरण गर्न खोजिए आफ्नो जीवनको पनि ख्याल गर्नोस्

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेलाई अफ्नो जीवनको ख्याल गर्न चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ उनले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ ।’
जसले फासीवादको विरूद्ध लडेका छन्, उसैलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिए । विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया