एकल अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से एकल अंकले घटेको छ । आइतबार नेप्से ६.९० अंकले घटेर १९२६.४० विन्दुमा कायम भएको छ ।
आज दुई सय ५९ कम्पनीको ३० हजार ७७५ पटक कारोबारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज पाँच उपसमूहबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । बढेका उपसमूहरमा सबैभन्दा बढी होटल तथा पर्यटन ०.८७ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत ०.२७, लगानी ०.२५, नीर्जीवन ०.०३ र व्यापार ०.१२ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.५४, विकास बैंक ०.४३, वित्त ०.००, जीवन बीमा ०.६६, उत्पादन ०.१०, माइक्रोफाइनान्स १.०५, म्युचल फण्ड १.१७ र अन्य ०.३७ प्रतिशतले घटेको छ ।
आइतबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र शुभम् पावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै आइतबार सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ८.५६ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै सिर्जनशील लघुवित्त ७.३३, मनकामना स्मार्ट लघुवित्त ३.९५ र सबैका लघुवित्त ३.९३ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक ६ करोड १० लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ ।
दोस्रोमा शिभम् सिमेन्टको ४ करोड ५ लाख ९ हजार रूपैयाँको कारोबार भएको छ । त्यसैगरी एनआइसी एसिया बैंक लिमिटेडको ४ करोड ८४ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख ९६ हजार र नबिल बैंकको ३ करोड ९ लाख ४ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया