दिल्ली पुगेपछि सचिवलाई निगमको फुटाइएको ब्यागेज उपहार !

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्यान्डलिङ सेवा कस्तो छ ? भनिरहनै पर्दैन । गन्तव्यमा पुग्नेबेलासम्म यात्रुले ब्यागेज नै फुटिसकेको अवस्थामा पाउने अवस्था पुरानो होइन ।
त्यसो त सामान धेरै चोरी हुन थालेपछि निगममा ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारीलाई गोजी नभएको ‘ड्रेस’ लगाउनसमेत उच्च सुरक्षा संयन्त्रले सुझाव दिएको थियो ।
यसपटक भने एउटा सरकारी निकायको यस्तो कुकर्मको चपेटामा नेपाल सरकारका सचिव फन्दामा परेका छन् । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले नेपाल एयरलाइन्सको जाहाजमा दिल्ली पुगेपछि आफ्नो ब्यागेज लथालिङ्ग पारेर फुटाइएको अवस्थामा पाएपछि ट्वीटरमा आक्रोश व्यक्त गरेका छन् ।
दुवाडीले यसको जिम्मा कसले लिने भन्दै निगम र नियामक निकायलाई ट्वीटमार्फत प्रश्न गरेका छन् ।
उनले आफ्नो ट्वीटर ह्याण्डलमा ट्वीट गरेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछि पहिलो उपहार लथालिङ्ग पारिएको फुटाएको ब्यागेज हात पर्यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो ?’
नेपाल एयरलाइन्स, नागरिक उड्डसन प्राधिकरणको आधिकारिक ट्वीटर ह्याण्डललाईसमेत ट्याग गर्दै उनले प्रश्न गरेका छन्।
विमानस्थलमा सामान चोरी बढेपछि कर्मचारीलाई खल्ती नभएका लुगा उपलब्ध गराउन निगमलाई अनुरोध
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया