आफैंले ढालेको रुखले किच्दा ज्यान गयो
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनमा आज रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो ।
रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया