राहुल गान्धीको सांसद सदस्यता खारेज
एजेन्सी । कांग्रेस नेता राहुल गान्धीको सासंद सदस्यता शुक्रबार खारेज गरिएको छ ।
उनी केरलाको वायनाडबाट लोकसभाका सदस्य थिए। लोकसभा सचिवालयले एक पत्र जारी गर्दै उनकाे सदस्यता खारेज गरिएकाे जानकारी दिएको हो । उनलाई बिहीबार मानहानि मुद्दामा सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो ।
उनीविरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर गरेको टिप्प्णीबारे मानहानीको मुद्दा दायर भएको थियो । ‘सबै चोरहरूको थर मोदी किन हुन्छ ?,’ उनले भनेका थिए । गान्धीको यही अभिव्यक्तिलाई लिएर बिहीबार अदालतले उनलाई दोषी ठहर गरेको थियाे।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया