प्रहरीको आन्तरिक सुदृढीकरण प्राथमिकतामा छ : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिएका हुन् । प्रहरीमा सुधारको आवश्यकता रहेको औंल्याउँदै विगतका त्रुटीहरू नदोहोर्याउने उनले प्रतिबद्धता जनाए ।
‘आन्तरिक सुदृढीकरण मेरो प्रमुख लक्ष्य हो । प्रहरी संगठनमा भएका विगतका त्रुटीहरू सुधार गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भने महानिरिक्षक कुँवरले मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर अघि बढ्ने बताए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया