सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य सोमबारको तुलनामा एक हजार रूपैयाँ घटेर एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलार तेजावी सुन प्रतितोला एक लाख ७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी आइतबारको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया