युक्रेन-रूस शान्ति वार्ता थप केही साता लम्बिने
किएभ । रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।
यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताएका थिए । उनका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टि-एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन् । यसैबीच अमेरिकाले रूसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ ।
द किभ इन्डिपेन्डेन्टअनुसार यी मध्ये एउटा हवाईजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको हो । अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले यूक्रेनमा आफूहरूले न त युद्धमा प्रत्क्ष संलग्न हुनेछन् न यूक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए ।
युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रूसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औं रूसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो तर फेब्रुअरी २४ मा रूस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रूसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रूसले दाबी गर्दै आएको छ ।
रूसले यूक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तरराष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ । रूसको आक्रमणपछि यूक्रेनबाट हजारौं शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया