छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
धनुषा । जिल्लाको छुट्टा–छुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरीमा डुबेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ निवासी १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय पोखरीमा दासलाई डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै करेन्ट लागेर धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ वैरिया निवासी २६ वर्षीय ललित यादवको भएको छ ।
आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैंसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थकेयर ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया