विवादास्पद अभिव्यक्ति दिएर रक्षामन्त्रीबाट बर्खास्त भएका भण्डारी मन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले नेता शरदसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।
बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले लोसपालाई एक मन्त्रालय दिने सहमति गरेको थियो । भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। २०६८ मा बाबुराम भट्टराईको सरकारमा रक्षामन्त्री रहेका भण्डारीले देश टुक्राउने विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्रीबाट राजिनामा दिएका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया