रास्वपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।
चैत ६ गते दोस्रोपटक प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाले उपनिर्वाचन अघि सरकारमा नजाने केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।
‘उपनिर्वाचनअघि हामी सरकारमा जादैनौं । निर्वाचनपछि सरकारमा जानेबारे निर्णय गर्नेछौं’, उनले भने ।
११ पुसमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो । तर नागरिकता प्रकरणमा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि ४२ दिनमै सरकारबाट बाहिरिएको थियो ।
चितवन–२ बाट पुनः उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका रविले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकारमा जाने तयारी गरेका छन् । यसअघि गृहमन्त्रीसहित सरकारमा जान प्रधानमन्त्रीलाई निरन्तर दबाब दिएका थिए । स्वार्थ बाझिने मान्त्रालयमा रविलाई मन्त्री बनाउन प्रचण्डले नमाने पछि २३ माघमा रास्वपा सरकारबाट बाहिरिएको थियो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया