कृषि विकास बैंकमा तीन संचालक निर्विरोध निर्वाचित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको चेत १४ गते सम्पन्न १६ औँ साधारण सभाबाट तीन जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई संचालकमा निर्वाचित भएका हुन् । उनीहरूलाई बैंक तथा वित्तिय संस्थासम्बन्धी एन, २०७३ को दफा १४ र कृषि विकास बैंकको नियमावालीको नियम १२ बमोजिम चार वर्षको लागि बैंकको सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।
निर्वाचित दुई संचालक संजीव पौडेल र विनोद कुमार गुरागाईलाई बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
संचालक गोविन्द प्रसाद भट्टराइको दुर्घटनामा परी अस्पताल भर्ना भएकोले उपयुक्त समयमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया