शाओमी नेपालले सुरु गर्यो ‘मि मिशन’ शिक्षा
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा अवस्थित छन् । शाओमी नेपाल अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा संलग्न छ । साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरू गर्दै आएको छ ।
शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरी स्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग,स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले भन भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। हामीले यसलाई हाम्रो Mi–ssion शिक्षा बनाएका छौं । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौँ ।’
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया