नबिल बैंकको ४ शाखा स्थानान्तरण हुँदै, चैत्र २६ देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका ४ शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०७९ चैत्र २६ गतेदेखि शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।
चार शाखाहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका, ५, जोरपाटीमा संचालनमा रहेको शाखा काठमाडौं, ६ रामहिटीमा स्थानान्तरण हुने भएको छ । त्यस्तै काठमाडौं महानगरपालिका १३, कालीमाटीमा रहेको शाखा कार्यालय नरेफाटमा स्थानान्तरण गर्ने भएको छ । काठमाडौं, चन्द्रगिरी नगरपालिका १४ नैकापमा स्थानान्तरण हुने भएको छ ।
यसैगरी काठमाडौं किर्तिपुर नगरपालिका १, त्याङलाफाँटमा रहेको शाखा काठमाडौं १४, बल्खुमा स्थानान्तरण गरिने भएको छ । पर्सा, विरगञ्ज महानगरपालिका ४, अलखिया रोडमा रहेको शाखा कार्यालय भने विरगञ्ज महानगरपालिका, ८ बिरगञ्ज बाइपासमा स्थानान्तरण हुन लागेको छ ।
बैंकले काठमाडौं, ६ जोरपाटीमा रहेको लकर तथा खाता सेवा भने ०.७ किलोमिटर पर स्थानान्तरण गरिएको छ । कालीमाटीमा रहेको लकर सेवा ०.२ किलोमिटर मिटर पर, बल्खुमा रहेको लकर तथा खाता हालको स्थानबाट २.३किलोमिटर पर र विरगञ्जमा रहेको लकर तथा खाता हालको स्थानबाट २.३ किलोमिटर पर स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया