रुसी अन्तरिक्ष यात्रीले गरे युक्रेन आक्रमणको विरोध
काठमाडौं । तीन जना रुसी अन्तरिक्ष यात्रीको एक दलले फरक तरिकाले युक्रेनमा भएको आक्रमणको विरोध गरेका छन् । अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा तीन यात्रीले युक्रेनको झन्डाको रङको पोशाक लगाएका थिए । उनीहरुले रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोध गर्न यो तरिका अपनाएको भनिएको छ ।
युक्रेनमा युद्ध सुरु भएपछि अन्तरिक्षमा जाने यात्रीको यो पहिलो समूह हो । अमेरिकी, रुसी र जर्मनीका यात्रीको समूहले उनीहरुलाई बधाई दिएका थिए । तीनै जना यात्रीले पहेँलो र निलो रङको पोशाक लगाएका थिए ।
युक्रेनको झन्डामा पनि निलो र पहेँलो रङ छ । उनीहरुले अन्तरिक्ष यात्रीका लागि तोकिएको स्ट्यान्डर्ड ब्लु युनिफर्मको सट्टा यस्तो पोशाक लगाएर गएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया