रविको राहदानीसम्बन्धी मुद्दा न्यायाधीश सिन्हाको बेन्चमा
काठमाडौं । राहदानी विवादसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको प्ररम्भिक सुनुवाइ न्यायाधीश अनिलकुमार सिन्हाको बेन्चमा हुने भएको छ ।
युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश सिन्हाको एकल इजलासमा सुनुवाइ हुन सर्वोच्च प्रशासनले जनाएको छ ।
राहदानी दुरूपयोग गरेको अभियोगमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने मगदाबीसहित अनुसन्धान प्रक्रिया अगाडि बढाउन परमादेश जारी गर्न पौडेलले माग गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया