रविविरूद्धको उजुरीबारे सोधपुछ गर्दै आयोग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज निर्वाचन अधिकृतको कार्यालय चितवनले सोधपुछ गर्ने भएको छ ।
अमेरिकी नागरिताका त्यागेको प्रमाण पेश गरेको तीन महिना नबित्दै निर्वाचनमा भाग लिन नपाउने भनेर उजुरी परेपछि उनीसँग सोधपुछ हुने भएको हो ।
समय नगुज्रि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएको भन्दै उनीविरूद्ध अधिवक्ता युवराज पौडेलले उजुरी दायर गरेका थिए । विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेको ३ महिना अवधि पूरा भएपछि मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने संबैधानिक व्यवस्था छ ।
निर्वाचन अधिकृतको कार्यालयले सोधपुछ गरेपछि उक्त प्रतिवेदन निर्वाचन आयोगको कार्यालय लगिने जनाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया