फ्लोरिडाको तटमा विमान दुर्घटना : चार जनाको मृत्यु
भेनिस । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।
भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।
फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजविन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जनामात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
गत डिसेम्बरमा पनि भेनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । छोटो अवधिमा लगभग एकै स्थानमा एकै प्रकृतिका विमान दुर्घटना हुनुलाई नागरिक उड्डयन विभागका अधिकारीहरूले ती दुर्घटनाका बीच केही सम्बन्ध थियो वा थिएन भन्ने निष्कर्षमा तत्काल पुग्न नसकिने बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया