रकम लेनदेन प्रकरणबारे संसदीय छानविन समिति बनाउन कांग्रेस सांसदको माग
काठमाडौं। कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियो प्रकरण सम्बन्धमा छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री बन्नकै लागि एउटा व्यवसायीसँग रकम माग्नु लाजमर्दो विषय के हुन सक्छ भन्दै प्रश्न गरे ।
‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ रु’, संसदमा उनले प्रश्न गरे ।
सांसद श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने कोर टिमले २ करोड रुपयाँ मागेको जिकिर गर्दै प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
अडियो प्रकरणबारे सर्वत्र चर्चा भइरहेको छ । अडियो सार्वजनिक भए लगत्तै रास्वपाले ७२ घण्टाभित्र कारवाही गर्ने गरी श्रेष्ठलाई निलम्बन गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया