हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले रास्वपाका सांसदले २ करोड घुस मागेको विषय सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईबीचको संवाद सार्वजनिक भएर यसमाथि बहस भइरहेको बेला सांसद केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले संसदीय प्रणालीमा यस्ता फोहोरी खेल हुनु नौलो विषय नभएको बताए । ‘सांसदहरुले कस्ता कस्ता काण्ड गरेका हुन्छन् । यो मलाई नौलो लागेन । के नौलो भयो र ?,’ उनले हाँस्दै भने ।
आफू यही थलोमा बसेर सबै कुरा देखेपनि यस्तो फोहोरी खेलमा भने नमिसिएको उनको दाबी छ । ‘धेरै सांसदको यस्तो घटना छन् । अरुको बाहिर आएन, उसको आयो, फरक यत्ति हो,’ सांसद केसीले नेपालवाचसँग भने ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया