पाकिस्तानमा आतंकवादीसँगको झडपमा चार जना प्रहरी मारिए
इस्लामावाद । दक्षिण पश्चिम पाकिस्तानमा आतंकवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतंकवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।
प्रान्तीय राजधानी क्वेटामा आतंकवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।
हिजो सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको र १९ जना घाइते भएपछि प्रहरीले आतंकवादीविरुद्ध खोजी अभियान थालेको थियो । आतंतवादीले प्रहरीका सवारी साधनलाई लक्ष्य गरी बम बिछ्याएका थिए । उक्त घटनामा घाइते भएकामा अधिकांश सर्वसाधारण पैदलयात्री छन् । आक्रमणमो जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया