रुसद्धारा युक्रेनमा पुनः हाइपरसोनिक मिसाइल प्रहार
काठमाडौं । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
रुसी अधिकारीहरुका अनुसार किन्जल मिसाइलले दुई हजार किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । यो मिसाइल प्रतिघण्टा ६ हजार किलोमिटरभन्दा बढीको गतिमा दौडिन्छ ।
रुसले यो मिसाइल अत्याधुनिक वायु रक्षा प्रणालीलाई चकित पार्न सक्षम रहेको र यसलाई खसाल्न सजिलो नभएको दाबी गरेको छ ।
रुसले शुक्रबार युक्रेनमा पहिलोपटक किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले दाबी गरेकाे थियाे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया